०७ असार २०८३, आइतबार

स्रोत नखुलेको ९ लाख ९० हजारसहित २ जना पक्राउ

स्रोत नखुलेको ९ लाख ९० हजारसहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित २ जनालाई शुक्रवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

राजविराज नगरपालिका–५ मा प्रदेश नम्बर २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्