०५ असार २०८३, शुक्रबार

यी आतंककारीले १५ वर्ष जेलमा रहेकै बेला जन्माए ४ बच्चा !

माघ ८, २०७८
यी आतंककारीले १५ वर्ष जेलमा रहेकै बेला जन्माए ४ बच्चा !

जेलमा रहेका व्यक्तिले बच्चा जन्माएको कुरा पत्यार लाग्दैन । तर इजरायलीको जेलमा १५ वर्ष रहेका एक आतंककारीले आफूले ४ बच्चा जन्माएको दाबी गरेका छन् ।

डेली स्टारमा प्रकाशित रिपोर्टअनुसार प्यालेस्टाइनी आतंककारी रफत–अल करावीले जेलभित्रबाट विर्य पठाएर बच्चा जन्माएको दाबी गरेका छन् ।

करावी अल–अक्सा शहीद ब्रिगेडका सदस्य हुन् । उनी सन् २००६ मा इजलायल विरुद्धको आतंककारी गतिविधिमा संलग्न भएबापत पक्राउ परेका थिए । उनी मार्च २०२१ मा रिहा भएका हुन् ।

रिहा भएपछि एक टेलिभिजन अन्तर्वार्तामा उनले आफू जेलमा रहँदा ४ बच्चा जन्माएको दाबी गरे । प्यालेस्टाइनी मिडिया वाचलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी विर्यलाई चिप्स वा बिस्कुटको झोलामा सुरक्षित तरिकाले राख्थें, जसको जानकारी इजरायली पुलिसलाई हुँदैन्थ्यो । त्यो झोला आफ्नी पत्नीलाई पठाउँथें र पत्नीले डाक्टरको सम्पर्कमा गएर विर्य गर्भमा राख्ने गरेकी थिइन् ।’

salt training

कमेन्ट गर्नुहोस्