मंसिर ८, २०८०
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
पुस–माघको ठन्डीका लागि उपयुक्त ६ नेपाली मौलिक र लोकसुपहरूको पूर्ण रेसेपी हामीले यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं । जुन सुपहरूले शरीरलाई ‘वार्म अप’ गर्न मद्दत गर्नेछ ।
बगेडी छ्यापी सुप
चाहिने सामग्रीः बगेडी चरा ३ पिस, छ्यापीको पोटी ४ पिस, हरियो छ्यापी १ मुठा, तोरीको तेल ३ चिया चम्चा, हरियो खुर्सानी २ पिस, मसिनो गरी चप गरेको अदुवा लसुन ८ ग्राम, नेपाली मसिनो गोलभेडा ६ पिस, नून स्वाद अनुसार, सिलाउटोमा कुटेको जिराधनियाँ १ चिया चम्चा, गरम मसलाको धुलो आधा चिया चम्चा
सुप बनाउने विधिः बगेडीलाई सानो–सानो पिसमा काटेर एक साइड लगाउने । बाक्लो कराइमा तेल तताएर काटेको च्यापी, अदुवा–लसुन र काटेको हरियो खुर्सानीलाई फुराइ खैरो बनाउने । जिरा–धनियाँको धुलो बेसार, गरम मसला हालेर चलाउने र बगेडीको मासु हालेर सानो आचमा छोपेर पकाउने । अन्त्यमा नून, गोलभेडा हाली पुनः एकछिन छोपेर पकाउने र तातोपानी हाली उमाल्ने । अन्त्यमा मसिनो गरी काटेको हरियो छ्यापी हाली तातो–तातो सुप बावलमा सर्भ गर्ने ।
बदिया भालेको झोल
चाहिने सामग्रीः बदिया भाले (दाङ कैलालीमा पाइने स्थायी बन्ध्याकरण गरेर हुर्काइएको लोकल भाले) को साप्रो २ पिस, तोरीको तेल ३ चिया चम्चा, मेथी आधा चिया चम्चा, टिमुरको गेडा ५–६ पिस, लोकल प्याज २ पिस, अदुवा–लसुन चप एक–आधा चिया चम्चा, सुकेको खुर्सानी ३ पिस, पोलेको गोलभेडा ३ पिस, बेसार–पिन्च, हरियो लसुन २ पोटी, जिरा–धनियाँको धुलो आधा चिया चम्चा, नून स्वाद अनुसार, गरम मसलाको धुलो पिन्च, लप्सीको धुलो पिन्च, टिमुरको धुलो पिन्च, हिङ्ग पिन्च, काटेको डल्ले खुर्सानी २ पिस ।
बनाउने विधिः बाक्लो कराइ या सस प्यान तताएर तेल हाल्नेर मेथी, सुकेको खुर्सानी, टिमुरको गेडा, हिङ्ग हालेर फुराएलगत्तै अदुवा लसुन, प्याज भुटेर खैरो बनाउने । मसला हालेर एकछिन चलाउनासाथ मसिनो गरी काटेको बदिया भालेको फिला हालेर मज्जाले भुट्ने, छोपीछोपी पकाउने र यदि धेरै छिप्पिएको छ भने २ सिँटी लगाउने । अन्त्यमा काटेको गोलभेडा हालेर पकाउना साथ पानी हालेर उमाल्ने । अन्त्यमा जिम्बु, काटेको हरियो लसुन हाली तातो–तातो कचौरामा सुप पस्कने ।
डुप्की कालिज
चाहिने सामग्रीः १ पिस कालिजको आधा मासु, भटमास या तोरीको तेल १५ एमएल, स्लाइस गरेको अदुवा–लसुन १२ ग्राम, हिमाली नून स्वाद अनुसार, मुस्ताङी अकबरे खुर्सानी ३ पिस, डन्डु आधा मुठा, बेसार पिन्च, मकैको पिठो २ टेबल चम्चा, कागती १ पिस, गरम मसलाको धुलो पिन्च ।
बनाउने विधिः बाक्लो किटको कराइमा तेल तताउनासाथ लसुन अदुवा, काटेको अकबरे हालेर फुराउने र मासु हाल्दिने । छोपीछोपी नरम हुने गरी पकाउन शुरू गर्ने । बाँकी मसला बेसार, हिमाली नून हाली चलाउने र पानी खन्याउने । कालिजको मासु मज्जाले भिज्ने गरी पानी हाली उमाल्ने । अन्त्यमा कागतीको रस, काटेको डन्डु हालेर पस्कने ।
कुवामा बट्टाइ
सामग्रीः मसिनो गरी काटेको बट्टाइ १ पिस, तोरीको तेल २ चिया चम्चा, जिराको दाना आधा चिया चम्चा, काटेको हरियो खुर्सानी ३ पिस, भुटेर पिसेको सिलम १५ ग्राम, मसिनो गरी काटेको गोलभेडा २ पिस, नून स्वादअनुसार, बेसार पिन्च, खुर्सानीको धुलो आधा चिया चम्चा, गरम मसलाको धुलो आधा चिया चम्चा, हरियो धनियाँ आधा मुठा ।
बनाउने विधिः यो सुप पनि कालिजको सुप पकाएजस्तै गरी पकाउन सकिन्छ र जाडोमा तातोतातो खानका लागि निकै स्वादिष्ट र स्वास्थ्यबद्र्धक हुन्छ ।
पन्चमेला खसीको खुट्टिकासाथ
सामग्रीः खसीको खुट्टा २ पिस, ५ किसिमको गेडागुडी मिक्स १२० ग्राम, तोरीको तेल २० एमएल, अदुवा–लसुन पेस्ट ७ ग्राम, काटेको प्याज २ पिस, होल गरम मसला २ ग्राम, तेजपात २ पिस, गरम मसलाको धुलो आधा चिया चम्चा, चिल्लिफ्लेक्स १ चिया चम्चा, बेसार पिन्च, धनियाँ हरियो आधा मुठा, बिन्स स्प्राउट ( उमारेको मुङ) २५ ग्राम, नून स्वादअनुसार ।
बनाउने विधिः प्रेसरमा तेल तताएर अदुवा–लसुन, प्याज, होल गरम मसला फुराउने । त्यसलगत्तै काटेको खसीको खुट्टा हालेर भुट्ने । बेलुका भिजाइ राखेको गेडागुडी र मसला हाली राम्ररी चलाउने र १ लिटर जति पानी हालेर ४–५ सिट्टी लगाउने र अन्त्यमा बिन्स स्प्राट हाली पकाउने र धनियाँ छर्केर तातोतातो सुप पस्कने ।
गहत डन्डु डुबेको
सामग्रीः पहाडी कालो या खैरो गहत २ कप, हरियो डन्डु १ मुठा, नेपाली घ्यू ३ चिया चम्चा, अदुवा–लसुन १० ग्राम, डल्ले खुर्सानी २ पिस, नून स्वादअनुसार, इम्ली या कागतीको रस ५ एमएल ।
बनाउने विधिः गहतलाई १ रात पहिला भिजाउने र बिहान राम्ररी ढुंगा केलाउने । प्रेसर कुकर तताएर घ्यू हाली काटेको लसुन, अदुवा, खुर्सानी हाली फुराउने । गहतलाई एकछिन भुटेर तातोपानी खन्याउने र ३–४ प्रेस लगाएर हरियो डन्डु काटी छरेर गरम–गरम पस्कने ।
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...