२५ असार २०८३, बिहीबार

वर्षमान पुन स्वास्थ्य लाभ गरी पर्सि स्वदेश फर्किंदै

वर्षमान पुन स्वास्थ्य लाभ गरी पर्सि स्वदेश फर्किंदै

नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्य लाभ गरी पर्सि माघ १० गते स्वदेश फर्किने भएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता पुनले स्वदेश फर्किन लागेको जनाएका छन् ।

पुनले लेखेका छन्, ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरी नेपाल फर्किदै छु ।’

नेता पुन पर्सि सोमवार साँझ हिमालयन एयरलाइन्सबाट काठमाडौं आउने तय भएको उनका स्वकीय सचिव सन्तोष पुनले लोकान्तरलाई जानकारी दिए ।

नेता पुन चीनमा रहेका कारण माओवादीको महाधिवेशनले पदाधिकारीको टुंगो लगाउन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्