×

NMB BANK
NIC ASIA

विराट राजाको दरबार उत्खनन्

माघ ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ । पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ मा पुरातत्व विभागबाट आएका अधिकृत तारानाथ मिश्रले उत्खनन कामको सुरुआतपछि विभागबाट प्रकाश दर्नाल, उद्धव आचार्य, शालिकराम कट्टेल, सन्दीप खनालले थोरबहुत उत्खननको काम गरिसकेपछि गएको पुस २६ गतेदेखि पुरातत्व विभागबाट खटिएका पुरातात्विक अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खननको काम जारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्भवतः अझ दुई दिन उत्खननको काम हुने अधिकृत ज्ञवालीले बताए । उनले विराट राजा दरबार भनिएको स्थानमा अहिले उत्खनन गर्दा एउटा ऐतिहासिक मन्दिर देखिएको छ भने मन्दिरदेखि २०० मिटर पश्चिम स्थानीय महेन्द्र मण्डलले जोतभोग गरेको जग्गामा केही भागमा उत्खनन गर्दा दोस्रो शताब्दीको पहिचान हुने किसिमको घना बस्ती हुनसक्ने अनुमान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

उत्खनन गर्दा खासै महत्वपूर्ण वस्तु फेला नपरे पनि त्यस समयमा प्रयोग हुने ३४ सेमी लम्बाइ, २५ सेमी चौडाइ र पाँच सेमी मोटाइ भएको इँटा पाइएको छ । त्यहाँ माटा अन्य सामग्री पनि फेला परेको र यसलाई सफा गरेर प्याकेजिङको काम भइरहेको बताइएको छ ।

Vianet communication
Laxmi Bank

मानव बस्ती, एकीकृत भन्सार जाँचचौकीसमेतले अतिक्रमण भएको विराट राजाको दरबार क्षेत्र खुम्चिएको छ भने यहाँ लगभग १३ देशका पुरातात्विक विभागका मानिसले अवलोकन गरिसकेको विराट राजाको रेखदेख एवं संरक्षणमा लाग्नुभएका स्थानीय नवकिशोर यादवले बताए । उनले विराट राजाकै दरबार हो भन्ने कुरामा दुईमत नरहेको भन्दै विराट राजाको दरबार लगभग डेढ किमी उत्तरपूर्व, दक्षिण र पश्चिमसम्म फैलिएको अनुमान लगाउन सकिने बताए । उनले यहाँ फेला परेका वस्तुमा सिमाला, पुवाँलो, पुलिङ, रत्न, निलम, ग्रेनाइट, लसुनिया, गमेद, लाल मुँगा र रुवेस्ट तथा केही सिक्का सुरक्षित राखेको जानकारी दिए ।

विसं २०५२ मा सपना देखेर नै यसको रेखदेख एवं संरक्षणमा लागेदेखि आफूले यहाँ अतिमूल्यवान वस्तुहरू फेला पारेको र यी सबै वस्तुहरू आफ्नै सङ्ग्रहालयमा सुरक्षित राखेका जानकारी दिए ।

विराट राजा दरबार क्षेत्रमा किचकबध पोखरीसहित थप संरचना देखिएको पुरातात्विक अधिकृत ज्ञवालीले प्रष्ट पार्दै भने, “झापाको किचकबध र यो विराट राजाको दरबारको भग्नावशेष हेर्दा एउटै समयको हो ।”

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x