३० असार २०८३, मंगलबार

ह्वात्तै बढ्यो कोरोना मृत्युदर, ओमिक्रोनका कारण बढेको चिकित्सकको संकेत

माघ ९, २०७८
ह्वात्तै बढ्यो कोरोना मृत्युदर, ओमिक्रोनका कारण बढेको चिकित्सकको संकेत

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

अघिल्लो दिन  तीन  जना  सङ्क्रमितको  मृत्यु  भएकोमा  शनिबार १६ जनाको मृत्यु भएको छ ।

विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् ।

स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले  हाल  नेपालमा  कोरोना  भाइसरका  ओमिक्रोन र डेल्टा दुवै प्रकारको सङ्क्रमण रहेको बताए ।

उनले हालै पनि दैनिक तीन–चार जना सङ्क्रमितको मृत्यु भइरहेको जानकारी दिँदै शनिबार १६ जना पुग्नुलाई ओमिक्रोनको प्रभाव बढेको हुनसक्ने बताए ।

डा.  पुनले  ओमिक्रोन  प्रकार  कडा  नभए  पनि  वृद्ध  र  खोप  नलगाएकालाई  त्यसले  असर  गरिरहेको  जानकारी  दिँदै  त्यो  वर्गका  व्यक्तिमा  समस्या  कडा  हुनसक्ने  भएकाले  विशेष  सावधानी  अपनाउन  आग्रह  गरे। गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्