२४ असार २०८३, बुधबार

उपत्यकाका सबै सङ्ग्रहालय बन्द

माघ ९, २०७८
उपत्यकाका सबै सङ्ग्रहालय बन्द
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

 जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय, नारायणहिटी, पाटन, ललितपुरको सङ्ग्रहालय अर्को सूचना नआउन्जेलका लागि शनिबारबाट बन्द गरिएका छन् ।

काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालका अनुसार सबै कार्यालयलाई बैठकको निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालका अनुसार प्रशासन कार्यालयको निर्णयबमोजिम शनिबारबाट सङ्ग्रहालय बन्द गरिएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्