३१ असार २०८३, बुधबार

यस्तो छ अर्घाखाँचीको पछिल्लो चुनावी नतिजा

कात्तिक २०, २०७४
यस्तो छ अर्घाखाँचीको पछिल्लो चुनावी नतिजा
सन्धिखर्क, १६ असार – दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची जिल्लाका ६ स्थानीय तहमध्ये ४ तहमा नेपाली कांग्रेसको अग्रता छ भने २ तहमा एमालेको अग्रता लिएको छ ।

पछिल्लो मतगणना अनुुसार सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका मेयर कमालप्रसाद भुसालले ११०८ मत ल्याएका छन् भने एमालेका मेयर कृष्णप्रसाद श्रेष्टले १११९ मत ल्याएका छन् ।
त्यस्तै शितगंगा नगरपालिकामा नेपाली कांग्रेसका मेयर सूर्य अधिकारीले २०६७ मत ल्याएका छन् । उक्त नगरपालिकामा एमाले प्रमुखका उम्मेदवार बसन्त श्रेष्ठले १६७७ मत ल्याएका छन् । शितगंगा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

अर्घाखाँचीकै भूमिकास्थान नगरपालिकामा नेपाली कांग्रेसका मेयर रेशम थापाले ८४८ मत ल्याएका छन् । उक्त नगरपालिकामा एमालेले ९५१ मत ल्याएको छ । यसरी हेर्दा यो नगरपालिकामा एमालेको अग्रता देखिएको छ ।
पाणिनी गाउँपालिकामा नेपाली कांग्रेस प्रमुख अच्युत गौतमलले ६५२ मत ल्याएका छन् । त्यस्तै एमाले प्रमुखका उम्मेदवार जीवनारायण कोइरालाले ५०४ मत ल्याएका छन् । पछिल्लो गणनाअनुसार उक्त गाउँपालिकामा कांग्रेसको अग्रता रहेको छ ।

त्यस्तै छत्रदेवी गाउँपालिकामा पनि नेपाली कांग्रेसको अग्रता छ । कांगेस प्रमुखले उक्त गाउँपालिकामा १५९७ मत ल्याएका छन् भने एमाले प्रमुखका उम्मेदवारले १४४९ मत ल्याएका छन् । माओवादीले उक्त गाउँपालिका प्रमुखमा ३११ मत ल्याएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीका उम्मेदवारले १०९२ मत ल्याएका छन् । त्यस्तै एमाले प्रमुखका उम्मेदवारले १००० मत ल्याएका छन् ।
अर्घाखाँची जिल्लाका ६ स्थानीय तहमध्ये केही वडामा वडाध्यक्षमा विजयी भइसकेका छन् । हालसम्म अर्घाखाँची जिल्लाका विभिन्न स्थानीय तहमध्ये नेकपा एमालेले तीन वडामा जीत हासिल गरेको छ । नेपाली कांग्रेस ती वडामा विजयी भएको छ भने माओवादीले पनि तीन वडामा त्यस्तै राजमो १ स्थानमा विजयी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्