३० जेठ २०८३, शनिबार

बैतडीमा युवकको शव फेला

बैतडीमा युवकको शव फेला

बैतडीको सुर्नया नदीमा आइतवार एक युवकको शव फेला परेको छ । 

पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । 

स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख, प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले जानकारी दिए । 

प्रहरी टोली घटनास्थलमा गएको छ । शव पहिचानको काम तथा घटनाबारे अनुसन्धान थालिएको धामीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्