२४ जेठ २०८३, आइतबार

पोखराका निर्माण व्यवसायी धनपति १० दिनदेखि सम्पर्कविहीन

पोखराका निर्माण व्यवसायी धनपति १० दिनदेखि सम्पर्कविहीन

पोखरामा लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन बनेका छन् । पोखरा लामाचौर बस्दै आएका मगर कास्कीकै धम्पुसबाट पोखरा आएपछि पुस ३० बाट सम्पर्कविहीन बनेको उनकी श्रीमति टेकमा बुढामगरले जानकारी दिएकी छन् ।

३७ वर्षीय धनपतिको परिवार निर्माण कामकै शिलशिलामा धम्पुस पुगेको र त्यहाँबाट मोटरसाइकल लिन पुस २७ गते मगर पोखरा झरेको टेकमाले जानकारी दिइन् । ‘उहाँको बाइक बिग्रेको थियो । बाइकवालाले बोलाएपछि लिन आउनु भएको हो,’ उनले भनिन्, ‘३० गते फोनमा पनि कुरा भएको छैन । कहाँ हुनुहुन्छ थाहै छैन ।’

पुस २७ गते पनि आफू बाइक लिएरै फर्किहाल्ने भन्दै पोखरा झरेको श्रीमति टेकमाले जानकारी दिइन् । ‘लुगा धुनुपर्ने छ । म आइहाल्छु भन्नुभाथ्ग्यो,’ उनले भनिन् । श्रीमान हराएपछि सबैलाई खोजिदिन उनले आग्रह गरेकी छन् । धनपति हराएको बारे परिवारले प्रहरीलाईसमेत जानकारी दिइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्