३० जेठ २०८३, शनिबार

४० लाख डोज मोर्डना खोप नेपाल आउँदै

माघ १०, २०७८
४० लाख डोज मोर्डना खोप नेपाल आउँदै

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि दिइने मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ ।

डा. सुरेन्द्र चौरासियाका अनुसार सो खोप सोमवार र मंगलवार नेपाल आइपुग्ने छ । 

विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याक्ससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्न खोपसम्बन्धी विश्वव्यापाी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको थियो ।

विश्व बैंकले नेपाल सरकारलाई महामारीविरुद्धको स्वास्थ्य प्र्रतिकार्यका लागि यसअघि नै १० करोड  ४० लाख डलर उपलब्ध गराइसकेको छ । राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्