३१ जेठ २०८३, आइतबार

स्थानीय तहप्रति गुनासोको चाङ

माघ १०, २०७८
स्थानीय तहप्रति गुनासोको चाङ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कविता फुँयालका अनुसार २०७६ साउन १ देखि देशभरका सबै स्थानीय तहलाई हेलो सरकारको गुनासो पोर्टलमा आबद्ध गरिएको छ । सर्वसाधारणले स्थानीय तहका हरेक गतिविधिको उजुरी दिने व्यवस्था उक्त पोर्टलमार्फत मिलाइएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा स्थानीय तहसँग सम्बन्धित एक हजार १०४ वटा गुनासा हेलो सरकारलाई प्राप्त भएको प्रमुख पाण्डेले बताए । तीमध्ये सबैभन्दा बढी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित ९६ वटा छन् । तीमध्ये २५ वटा गुनासा फस्र्योट भएको उनले बताए ।

काठमाडौँसँगै ललितपुर, चितवनको भरतपुर, पोखरा, वीरगञ्ज महानगरपालिका तथा जनकपुर, इटहरी, हेटौँडा, बुटवलसहितका उपमहानगरपालिकामा भ्रष्टाचार, विकास निर्माणमा ढिलाइ तथा नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनुपर्ने मागसहितको गुनासो दर्ता भएका छन् । हेलो सरकार कार्यालयका अनुसार महानगर, उपमहानगरदेखि नगरपालिका र गाउँपालिकासम्म भ्रष्टाचार भएको गुनासा आउने गरेका छन् ।

गत वर्ष रुपन्देहीको सुद्धोधन गाउँपालिका–३, सखुवानीमा सरकारी जग्गामा व्यक्तिले घर बनाएको गुनासो दर्ता भयो । औद्योगिक क्षेत्रको नाममा दर्ता भएको उक्त जग्गामा वडा अध्यक्षसँगको मिलेमतोमा घर बनाउन लागेको गुनासो आयो ।

हेलो सरकार शाखाबाट आवश्यक कारबाहीका लागि शुद्धोधन गाउँपालिकालाई निर्देशन दिइयो । पाण्डेले भने, “हेलो सरकारको निर्देशनपछि गाउँपालिकाले घर निर्माण कार्य रोक्का गरेको थियो । गोरखापत्र दैनिकमा सरोज अधिकारीले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्