
नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर छ ।
अघिल्लो दिन ९३ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन सोमवार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।