१८ असार २०८३, बिहीबार

काभ्रेमा लागूऔषध बिक्रीकर्ता पक्राउ

काभ्रेमा लागूऔषध बिक्रीकर्ता पक्राउ
प्रतिकात्मक तस्वीर

प्रतिबन्धित लागूऔषध बिक्री गर्ने पनौती नगरपालिका–२ का ४३ वर्षीय उद्धव सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

उद्धव फर्मेसीका सञ्चालक सापकोटाले चिकित्सकको आधिकारिक सिफारिस विना प्रतिबन्धित औषधि (नशालु पदार्थका रूपमा सेवन गरिने) बिक्री गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

केही दिनको निगरानीपश्चात आइतवार पक्राउ गरिएका सापकोटालाई सोमवार बरामद गरिएको ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित थप अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौं पठाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार सापकोटाको फार्मेसीबाट ९०३ ट्याब्लेट प्रेगाब्लिन क्याप्सुल र सोही फरक प्रकारको २०० ट्याब्लेट, ३ हजार ८९ अन्टिकोफ ट्याब्लेट, १ हजार १९० डाइसीक्लोमिन ट्याब्लेट, डाइसीक्लोमिन हाइड्रोक्लोरिड एक हजार २११ ट्याब्लेट, प्रोमेटाजिइन हाइड्रोक्लोरिड २४० ट्याब्लेट, प्रेगाब्लिन एण्ड मेथेलकोबालामिन क्याप्सुल १०० ट्याब्लेट र कोफट्याबलेट २०५ ट्याब्लेट बरामद गरिएको हो । 

यसअघि प्रहरीले २०७६ फागुन दोस्रो हप्ता पनौती नपा–६ स्थित एक घरमा डेरागरी बस्ने ३२ वर्षीया सुभद्रा तिमल्सिनाको कोठाबाट लुकाइछिपाई बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो ।

काभ्रेपलाञ्चोक लगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागूऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने प्रहरीको रेकर्डबाट देखिन्छ ।  – राजकुमार पराजुली/रासस

salt training

कमेन्ट गर्नुहोस्