
झापाको दमकस्थित सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको इमरजेन्सी सेवासमेत बन्द गर्नु पर्ने अवस्था आउन लागेको छ ।
अस्पतालको प्रयोगशालामा कार्यरत अधिकांश कर्मचारीमा कोरोना सङ्क्रमण रहेको पाइएको अस्पतालले जनाएको छ ।
झापाको दमकसहित गौरादह र शिवसताक्षी नगरपालिका र कमल गाँउपालिकासमेतको नेपाल सरकारको स्वास्थ्य बिमाको प्रथम बिन्दु दमक अस्पताल भएकाले यसबाट दैनिक एक हजारभन्दा बढि बिरामी प्रभावित बन्ने अवस्था देखिएको छ ।
आइतबार स्वास्थ्यकर्मीहरूको एन्टिजेन जाँच गर्दा पाँच मेडिकल डाइरेक्टरसहित ल्याब र अस्पतालका अन्य विभिन्न विभागमा कार्यरत १५ जनालाई पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी देवी दंगालले बताए ।
अधिकांश स्वास्थ्यकर्मीहरूलाई कोरोनाको लक्षण मिलेको छ, उहाँले भन्नुभयो ।अस्पतालमा धेरैजसो चिकित्सक तथा स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित भएकाले अस्पताल चलाउनै गाह्रो भइसकेको छ, दंगालको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।