सोमवार अफ्रिका कप अफ नेसन्स फूटबल खेलअघि भागदौड मच्चिएपछि आठजनाको मृत्यु भएको छ ।
क्यामरून र कोमोरोस आइल्यान्ड्सबीचको खेलअघि मानिसहरू रंगशालामा पस्नका लागि मारामार गर्ने क्रममा दुर्घटना भएको हो ।
उक्त खेलमा क्यामरून २–१ ले विजयी भयो ।
क्यामरूनका गभर्नर नासेरी पल बियाले मृत्युसंख्याको मूल्यांकन भइरहेको बताए ।
घटनामा ४० जना घाइते भएकोमा उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ ।
अस्पतालकी एक नर्सले केही घाइतेहरूको अवस्था निकै गम्भीर रहेको खुलासा गरे । उनीहरूलाई विशेष अस्पताल लग्नुपर्ने उनको भनाइ छ ।
AFCON:
— CSX Sports (@CSXSports) January 24, 2022
At least six people confirmed dead and multiple supporters hospitalised after 'stampede' outside the ground.
More News : Snapchat & Insta: CSXSports#AFCON2021 #AFCON #Cameroon #Comoros #Stampede #CameroonStampede #Africa #CSXSports pic.twitter.com/9O2YtyxgFh