
पर्सा जगरनाथपुर गाउँपालिका-६, का १२ वर्षीय मन्टुप्रसाद कुर्मीको हत्या आरोपमा प्रहरीले पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका-६ बस्ने ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद यादव, ३० वर्षीय मनमोहन प्रसाद यादव र २५ वर्षीय रोहन प्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।
जगरनाथपुर गाउँपालिका-६ स्थित ऊखु खेतमा गत पुस २३ गते दिउँसो मन्टुप्रसादको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले छिपहरमाई गाउँपालिका-६ भिष्वास्थित नेपाल-भारत सीमाबाट हत्यामा संलग्न भनिएका उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।