१२ असार २०८३, शुक्रबार

सुर्खेत पुग्यो शिवशिखरको एटीएम सेवा

सुर्खेत पुग्यो शिवशिखरको एटीएम सेवा

पछिल्लो समय एटीएम सेवा विस्तारमा आक्रामक हुँदै गएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगर अर्को एटीएम सेवा सञ्चालनमा ल्याएको छ । 

यो सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा एटीएम सेवा सञ्चालनमा ल्याएको सहकारीले जानकारी दिएको छ । 

मंगलवार एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले एटीएम सेवा सञ्चालनको शुरूवात गरेका हुन् । 

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने उद्देश्यले एटीएम सेवा सञ्चालनमा ल्याएको हो । 

एटीएम सेवा शुभारम्भ गर्दै नगर प्रमुख सुवेदीले सहकारीले सञ्चालन गर्ने यस्ता प्रविधिमैत्री सेवाले नागरिकलाई सर्वसुलभ र सहज सेवा लिन सहयोग पुग्ने बताए ।

मुलुकका विभिन्न २४ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको यो सहकारीले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजार भन्दा बढी प्रयोगकर्ता रहेको सहकारीले जानकारी दिएको छ । यो सहकारीले सोमवार मात्रै नेपालगन्जमा एटीएम सेवा विस्तार गरेको थियो ।

सुर्खेतमा खुलेको यसको पाँचौ एटीएम काउन्टर हो । यो महिनाभित्र विभिन्न १३ वटा सेवा केन्द्रमा एटीएम सेवा सञ्चालनमा ल्याइने संस्थाका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्