२२ असार २०८३, सोमबार

६ महिनामा १४५ जना विदेशी देश निकाला

६ महिनामा १४५ जना विदेशी देश निकाला
फाइल तस्वीर

छ महिनामा अध्यागमन विभागले १४५ जना विदेशीलाई देश निकाला गरेको छ ।

नेपालमा अवैधानिक रुपमा बसोबास गरेका र गैरकानूनी कार्यमा संलग्न विभिन्न देशका १४५ जनालाई देश निकाला गरेको गृहमन्त्रालयले जनाएको छ । 

गृहमन्त्रालयले छ महिनाको कार्यसम्पादन अन्तरगत अध्यागमन विभागबाट हुने कामलाई छिटोछरितो गर्न प्रविधिमैत्री स्टिम जेनेरेट क्यूआर कोडसहितको डिजिटल भिषा लागू गरेको जनाएको छ ।

सेवालाई जनमैत्री, छिटो, छरितो, सुलभ कम खर्चिलो एवंम झन्झट मुक्त बनाउनका लागि विभाग अन्तर्गतका पोखरा र काँकडभिट्टा अध्यागमन कार्यालयहरुलाई थप अधिकार दिएर पर्यटक भिसा, नाता भिसा र वैवाहिक भिसा जारी गर्न शुरू गरेको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्