३१ असार २०८३, बुधबार
रहस्यमय हत्या

उखुबारी शव फेला प्रकरण : पक्राउ परेका मण्डल एक सहकारीको अध्यक्ष भएको खुलासा

माघ २०, २०७८
उखुबारी शव फेला प्रकरण : पक्राउ परेका मण्डल एक सहकारीको अध्यक्ष भएको खुलासा

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिक उखुबारीमा गाडेको अवस्थामा फेला परेका २ जनाको हत्या र ललितपुरमा एक जनाको हत्या आरोपमा पक्राउ परेका  अनिलकुमार मण्डल काठमाडौंमा सञ्चालनमा रहेको एक सहकारी संस्थाको अध्यक्ष भएको खुलेको छ ।

उनी सहकारीको अध्यक्ष भएको खुलेसँगै सो घटनामा नयाँ रहस्य खुलेको छ । 

अपराध महाशाखाका अनुसार पक्राउ परेका अनिलकुमार मण्डल हत्या भएका मोहन लिम्बु, सिरहामा हत्या भएका २ जनाबीच विभिन्न व्यवसाय गर्ने र व्यक्तिहरुलाई ठग्ने उदेश्यले २ अर्बको कारोवार गर्ने सम्झौताको कागजात फेला परेको छ । 

‘हत्या गर्ने र हत्या हुनेबीच विभिन्न व्यवसाय गर्न र व्यक्तिहरुलाई ठग्ने उदेश्यले २ अर्बको सम्झौता भएको कागजात फेला परेको छ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने,‘ हामीले अरु थप अनुसन्धानका लागि मोरङ प्रहरीलाई जिम्मा लगाएका छौं ।’

ती अधिकारीका अनुसार मण्डल सहकारीको अध्यक्ष समेत रहेको पाइएको हो ।

डोरी बाँधेर हत्या 

ललितपुरको गोदावरी–१२ धापाखेलको प्रमेश थापा मगरको घरमा फेला परेका मोहन लिम्बुको घाँटीमा डोरीले बाँधेर हत्या गरेको खुलेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार उनलाई गाडेको ठाउँ शरीर डोरीले बाँधेको अवस्थामा थियो । त्यसबाट उनको हत्या डोरीले बाँधेर भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीका अनुसार उनलाई पुर्नको लागि ३०÷३५ केजी नुन र २ बोरा सिमेन्ट प्रयोग गरेको देखिएको छ । 

 अपराध महाशाखाका अनुसार लिम्बुको शव पहिला अनिलकुमारले गोदामका लागि लिएको भाडाको घरमा गाड्न खोजिएको तर पालास्टर बलियो भएका कारणले बाहिर गाडेको अनिलले प्रहरीलाई बताएका छन् । 

उनकै सूचनाको आधारमा प्रहरीले आज ललितपुरको गोदावरी नगरपालिका–१२ थापाखेलमा प्रमेश थापा मगरको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।

 


salt training

कमेन्ट गर्नुहोस्