
भारतको पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीका भतिजा भुपिन्दर सिंह हनीलाई प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको छ ।
पञ्जाब विधानसभा चुनावको मुखैमा ईडीले हनीलाई पक्राउ गरेको हो ।
अवैध बालुवा संकलन मामिलामा छानबिन गर्न ईडीले हनीलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नियन्त्रणमा लिएपछि ईडीले ८ घण्टासम्म सोधपुछ गरेको जनाइएको छ ।