![कर्णाली र सुदूरपश्चिमका यी ठाउँमा बाक्लो हिमपात [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/jumla_himpat_khalanga_pEKAfNX6p9.jpg)
बिहीवार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाको जनजीवन कष्टकर भएको छ । विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।
बाक्लो हिमपातका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् । केही ठाउँमा राजमार्ग अवरुद्धसमेत भएका छन् । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ ।
केही तस्वीरहरूः
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको देहिमाण्डौ क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउँदै हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोली । उप–सेनानी बालाराम बुढाथोकीको कमाण्डमा खटिएको ३५ जनाको टोलीले हिउँ पन्छाएर सवारी आवागमन सञ्चालनमा ल्याएको हो । तस्वीर: विनोदसिंह विष्ट/रासस
डोटीमा भएको हिमपात । तस्वीरः रासस
जुम्लामा भारी हिमपात भएपछि सडकमा रोकिएका सवारीसाधन । जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले चल्न सकेका छैन । तस्वीरः विजय रावत/रासस