१४ असार २०८३, आइतबार

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेर ९२ हजार ५०० मा आएको छ । अघिल्लो दिन प्रतितोला  ९२ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ । जसको मूल्य बिहीवार प्रतितोला ९२ हजार २०० रूपैयाँ तोकिएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार २५५ कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्