३१ असार २०८३, बुधबार

वाईसीएलका इञ्चार्जले लेखे– एमसीसी पारित गर्नेसँग सत्ता साझेदारी समेत हुँदैन

वाईसीएलका इञ्चार्जले लेखे– एमसीसी पारित गर्नेसँग सत्ता साझेदारी समेत हुँदैन

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं (वाईसीएल) नेपालका इञ्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा'ले एमसीसी पारित गर्नेसँग सत्ता साझेदारी पनि नहुने बताएका छन् ।

आइतवार सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै दीपशिखाले एमसीसी माओवादीले कुनै पनि हालतमा संसदबाट पारित नगर्ने प्रस्ट पारे ।

'अरू धेरै थाहा भएन, नेकपा माओवादी केन्द्रले एमसीसी सदनबाट पारित गर्दैन । आज र अहिले होइन, एमसीसी पारित गर्नेसँग सत्ता साझेदारी हुने कुरै भएन । कूटनीतिक र ट्याक्टिकल विषयलाई त्यही रूपमा बुझौं ।'

एमसीसी सम्झौता अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले फेब्रुअरी २८ (फागुन १६)सम्मको समयसीमा मागेको पत्र सार्वजनिक भएपछि माओवादी नेता/कार्यकर्ताले तीव्र प्रतिक्रिया जनाइरहेका छन् ।

यस्तै नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा आफूहरू नरहेको प्रतिक्रिया दिइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्