३२ असार २०८३, बिहीबार

घट्दो क्रममा कोरोना संक्रमणः थपिए ८३६ संक्रमित, ४ जनाको मृत्यु

घट्दो क्रममा कोरोना संक्रमणः थपिए ८३६ संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५४ नमूना परीक्षणमध्ये ४९१ पीसीआर र ३४५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ८८२ छ । 

मन्त्रालयका अनुसार थप १८२६ जना संक्रमणमुक्त भएका छन् । 

हाल मुलुकभर २६ हजार ४४१ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्