२१ असार २०८३, आइतबार

एमसीसीबारे प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच छलफल

फागुन १, २०७८
एमसीसीबारे प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच छलफल

सरकारमा सहभागी  गठबन्धन  दलका  तीन  शीर्ष  नेताहरूबीच  अमेरिकी  सहयोग  मिलेनियम च्यालेन्ज  कर्पोरेसन  (एमसीसी)का  विषयमा शनिबार  छलफल भएको  छ ।

प्रधानमन्त्री एवं  नेपाली काँग्रेसका  सभापति  शेरबहादुर  देउवा,   नेकपा   (माओवादी   केन्द्र)का अध्यक्ष  पुष्पकमल  दाहाल 'प्रचण्ड’    र   नेकपा (एकीकृत  समाजवादी)का  अध्यक्ष  माधवकुमार   नेपालबीच  प्रधानमन्त्रीनिवास बालुवाटार मा छलफल भएको  हो  ।

छलफलमा  फागुन  २  गते  लाई  आह्वान   गरिएको    प्रतिनिधि   सभाको  बैठकमा   एमसीसी   परियोजना   सम्झौता टेबुल   गर्ने बारे छलफल भएको  भए पनि कुनै  निर्णय भने  भएन ।

प्रधानमन्त्री देउवाका  प्रेस  संयोजक  गोविन्द  परियारले  सरकारमा  सहभागी  पाँच  दलमध्ये    तीन  दलका  तीन  जना  शीर्ष  नेताहरूबीच  एमसीसीलगायत  मुलुकको    समसामयिक  राजनीति घटनाक्रमका विषयमा छलफल भएको   बताए । उनीहरूबीचको    छलफलले  एमसीसीका विषयमा कुनै  निर्णय नगरे  पनि अर्को  पटक पुनः बैठक बस्ने  सम्भावना रहेको बताइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्