१० साउन २०८३, आइतबार

सर्वोच्चको वेबसाइटबाट हट्यो चोलेन्द्रको फोटो, दीपक कार्की कामु प्रधानन्यायाधीश

सर्वोच्चको वेबसाइटबाट हट्यो चोलेन्द्रको फोटो, दीपक कार्की कामु प्रधानन्यायाधीश

न्यायाधीश दीपककुमार कार्कीलाई सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश तोकिएको छ । 

महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएसँगै कार्कीलाई कामु तोकिएको हो । 

सर्वोच्च अदालतको वेबसाइटबाट जबराको फोटो पनि हटाइएको छ । 

बिहान ११ बजे संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि संसद सचिवालयले सर्वोच्चलाई पत्र पठाएको थियो । 

दिउँसो १ बजेको समयमा चोलेन्द्र झण्डा निकालेको गाडीमा घर फर्किएका थिए ।

आइतवार अपरान्ह कार्यालय समय सकिने बेलामा कार्कीलाई कामु प्रधानन्यायाधीश तोकेर वेबसाइटमा कार्कीको फोटो राखिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्