३१ असार २०८३, बुधबार

आयुर्वेद केन्द्रका अध्यक्ष बजगाईंलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

आयुर्वेद केन्द्रका अध्यक्ष बजगाईंलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईं क्षेत्रीलाई हटाउने बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटन हेटौंडा इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

प्रदेशका स्वास्थ्यमन्त्री स्तरको निर्णयबाट प्रदेशभरका जिल्ला आयुर्वेद अस्पताल र जिल्ला अस्पतालका अध्यक्षहरूलाई हटाउने निर्णय भएको थियो । 

सोमवार न्यायाधीश मेरिना श्रेष्ठको इजलासले स्वास्थ्य मन्त्रीस्तरको गत माघ २८ गतेको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

मन्त्रालयले आयुर्वेद अस्पतालको अध्यक्षमा सुदीप बतौलालाई नियुक्त गरेको थियो । दुवै निर्णय हाललाई कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आदेशसँगै तत्कालका लागि अध्यक्ष बजगाईंलाई पदमा रहेर काम गर्ने बाटो खुलेको छ भने बर्ताैलालाई पदमा रहेर काम गर्ने बाटो बन्द भएको छ ।

अदालतले रिट निवेदक बजगाईं र विपक्षीहरू सबैलाई फागुन ११ गते छलफलका लागि उपस्थित हुन आदेश गरेको छ । निवेदकका तर्फबाट अधिवक्ताहरू मदनकुमार दाहाल, ध्रुवप्रसाद चौलागाईं, मनप्रसाद भट्टराई, प्रमिला केसी, ऋषि केबी, शिवप्रसाद बन्जराले बहस गरेका थिए ।

तत्कालीन एमाले सरकारले नियुक्त गरेका पदाधिकारीहरू हटाउने र आफ्नालाई नियुक्त गर्ने प्रदेश सरकारको पहिलो निर्णयमा नै धक्का लागेको छ । तत्कालीन सरकारले गरेका नियुक्तिलाई खारेज गर्दै प्रदेशमा गठबन्धनको सरकारले आफ्नालाई नियुक्त गर्ने योजना अनुसार हटाउने र नियुक्त गर्ने काम शुरू गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्