३१ असार २०८३, बुधबार

अधिकांश राजनीतिक दलले चुनाव चिन्ह नपाउने !

फागुन ४, २०७८
अधिकांश राजनीतिक दलले चुनाव चिन्ह नपाउने !

निर्वाचन आयोगमा दर्ता भएका  अधिकांश  दलले  स्थानीय  तहको  निर्वाचन,  २०७९ मा दलीय चुनाव चिह्न नपाउने भएका छन् ।

यद्यपि  चुनाव  चिह्न  पाउनुपर्ने  मागसहित  २८  साना  दलले चुनावको पूर्वसन्ध्यामा सङ्घर्षका कार्यक्रमलाई यथावत् राख्ने जनाएका छन् ।

निर्वाचन  आयोगका  प्रवक्ता  शालिग्राम  शर्मा  पौडेलले साना दलको माग सम्बोधन गर्न ऐन संशोधन गर्नुपर्ने र उक्त जिम्मेवारी आयोगको क्षेत्राधिकारभित्र नपर्ने प्रस्ट्याए ।

उनले चुनाव चिह्न वितरण नहुँदासम्म ऐन संशोधन भएर आए आयोग ऐनबमोजिम अगाडि बढ्ने बताए ।

साना दलले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर चुनाव  चिह्न  पाउनुपर्ने  माग  गर्दै  आएका  छन्  ।  

नेपाल विवेकशील पार्टीले पुस ५ गते प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई भेटेर मागबारे ध्यानाकर्षण गराएको थियो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ ले राष्ट्रिय मान्यता  प्राप्त  दलले  मात्रै  चुनावमा  निर्वाचन  चिह्न  पाउने व्यवस्था गरेको छ ।

स्थानीय  तह  निर्वाचन  ऐन,  २०७३  को  दफा  २६  को  उपदफा  ६  मा  निर्वाचन  चिह्न  वितरण  गर्दा  राजनीतिक  दलसम्बन्धी  प्रचलित  सङ्घीय  कानुनबमोजिम राष्ट्रिय दलका रूपमा मान्यता प्राप्त गरेको दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिह्न वितरण गरिने उल्लेख छ । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्