३१ असार २०८३, बुधबार

४९ हजार सरकारी कर्मचारीको पद खाली !

फागुन ४, २०७८
४९ हजार सरकारी कर्मचारीको पद खाली !
फाइल तस्वीर

सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ ।

विभिन्न पदमा गरी  कुल  एक  लाख  ३६  हजार  निजामती  कर्मचारीको  दरबन्दी  रहेकोमा  अहिले  ८७  हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको  राष्ट्रिय  किताबखाना  (निजामती)ले  जनाएको छ ।

ठूलो  सङ्ख्यामा  कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको  काममा  प्रत्यक्ष  असर  परेको  छ  ।  

रिक्त  दरबन्दीमध्ये  अधिकांश  प्राविधिक  छन्  ।

शिक्षा,  स्वास्थ्य,  इन्जिनियरिङ,  कृषिलगायतका  प्राविधिक  र केही प्रशासनिक सेवाका कर्मचारीको दरबन्दी रिक्त रहेको किताबखानाले जनाएको छ ।

कोरोनाले  गर्दा  लोकसेवा  आयोगको  नियमित  परीक्षा  विभिन्न  समयमा  रोकिँदै  गएको,  कर्मचारीको  सेवा  अवकाश  हुने  सङ्ख्या  बढ्दै  गएको  र  सोही  सङ्ख्यामा  लोकसेवाबाट कर्मचारी पूर्ति गर्न नसकिएकाले ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्