×

NIC ASIA

सरसर्ती २४ घण्टा

विरोधका बीच एमसीसी पारित गराउने तयारी

फागुन ४, २०७८

Prabhu Bank
NTC
Premier Steels

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन जोडबल सुरु भएको छ । काँग्रेसकै जोबडलमा बुधबार बस्ने प्रतिनिधिसभा बैठक एमसीसी टेबल गर्ने तयारी भएको छ भने त्यसका लागि कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यसूची तय भएपछि काँग्रेस नेतृत्वको सरकारले एमसीसी टेबल गराउनेछ ।

Muktinath Bank

यद्यपि एमसीसीबारे सत्तारुढ दलनै एकमत छैनन् भने साना राजनीतिक दलदेखि जनस्तरसम्म यसको तीव्र विरोध भइरहेको छ । एमसीसीको विरोध गर्दै ५ दलले बुधबार नेपाल बन्दको घोषणा नै गरेका छन् भने आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् । यस्तै सत्तारुढ र प्रतिपक्षी दलमै एमसीसीसम्झौताको विपक्षमा रहको पंक्ति ठूलो छ । यही विरोध र विवादका बीच सरकारले एमसीसीलाई औपचारिकता दिने तयारी थालेको । कार्यव्यवस्था समितिको बैठकले कार्यसूची तय गरेको अवस्थामा बुधबार दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी पेश हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तर राउण्ड अपमा अब अन्य समाचारः
नेपाली कांग्रेसले प्रधानन्यायाधीशविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा दृढतापूर्वक उभिँदै त्यसलाई सदनबाट पारित गर्न सत्ता गठबन्धन र प्रतिपक्षमा रहेका सम्पूर्ण दलसमक्ष आग्रह गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकले न्यायालयलाई गति प्रदान गर्ने जिम्मेवारी संविधानतः सार्वभौम संसद्को भएकाले महाअभियोग प्रस्ताव पारित गर्न आग्रह गरेकोे हो । लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि हुने सबैखाले प्रहारलाई रोक्न र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिन कांग्रेसले नै निकासका लागि महाअभियोगको अग्रसरता लिएको जनाएको छ ।  
००००
एमसीसीसँगको सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए नेपाल र अमेरिकाको सम्बन्ध प्रभावित हुने चेतावनी अमेरिकाले दोर्होयाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले नै दिएको डेडलाइनमा एमसीसी अनुमोदन हुनुपर्ने बताएका हुन् ।
००००
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँगको सम्झौता अघि बढाउने विषयमा छलफल भएको छ ।
मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालबीच छलफल भएको थियो ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म ५६ हजार ९०८ मात्रा खोप खेर गएको उल्लेख छ ।
मन्त्री खतिवडालाई सोमवार समितिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएपछि मंगलवार मात्र सार्वजनिक गरिएको थियो ।
यता एमालेले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले अनुदानबाट प्राप्त र खरिद गरेका खोपमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप नगर्न आग्रह गरेको छ ।
सो सन्दर्भमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले हालै एक टेलिभिजनमा ‘खोपहरू नहराएको’ दाबी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले कोभिड विरुद्धको पहिलो खोप ५ हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्तिप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
००००
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्ने भएका छन् । उनी नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको हो । राप्रपाको आज बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाही ६ गते राप्रपामा समाहित हुनेछन् ।
००००
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकले पार्टी सम्पूर्ण सक्रियताका साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताए । यस्तै काँग्रेसले म्याद सकिएका भ्रातृ संगठनको कार्यसमिति भंग पनि गरेको छ ।
००००
पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९५ नमूना परीक्षणमध्ये ४९८ पीसीआर र १८२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९०२ छ । मन्त्रालयका अनुसार थप १८३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ ।
हाल मुलुकभर १९ हजार ४०० सक्रिय संक्रमित छन् ।
००००
सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले मगलबार एक सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई त्यस्तो निर्देशन दिएको हो ।
००००
उच्च अदालत सुर्खेतले कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा विरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश राजेन्द्र खरेलको इजलासले निवेदकको मागबमोजिम आदेश हुनुपर्ने वा होइन भन्ने विषयमा सूचना प्राप्त भएको मितिले १५ दिनभित्र कारण, आधार र प्रमाण पेश गर्न विपक्षीका नाउमा आदेश दिएको हो ।
००००
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पहिलोपटक संसदीय समितिको बैठकमा सहभागी भएका छन् । संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मंगलवार उनी सहभागी भएका हुन् ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अपशब्द बोलेर एक युवकलाई तथानाम गाली गरेको अडियो भाइरल बनेको छ । कुराकानी सुन्दा दुवैजना परिचित जस्तो लाग्छ । अडियोमा मन्त्री आलेले युवालाई अपशब्द बोलेर गाली गर्दै अपहरणको धम्की समेत दिएका छन् ।
००००
झर्रोवादी आन्दोलनका अगुवा तथा नियात्रा विधाका संस्थापक डा तारानाथ शर्माको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।


Advertisment
Nabil box
Kumari

शर्माको जन्म १९९१ असार ९ गते इलामको बारेकोटमा भएको थियो । उनी नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखकसमेत हुन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x