२२ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

विरोधका बीच एमसीसी पारित गराउने तयारी

विरोधका बीच एमसीसी पारित गराउने तयारी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन जोडबल सुरु भएको छ । काँग्रेसकै जोबडलमा बुधबार बस्ने प्रतिनिधिसभा बैठक एमसीसी टेबल गर्ने तयारी भएको छ भने त्यसका लागि कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यसूची तय भएपछि काँग्रेस नेतृत्वको सरकारले एमसीसी टेबल गराउनेछ ।

यद्यपि एमसीसीबारे सत्तारुढ दलनै एकमत छैनन् भने साना राजनीतिक दलदेखि जनस्तरसम्म यसको तीव्र विरोध भइरहेको छ । एमसीसीको विरोध गर्दै ५ दलले बुधबार नेपाल बन्दको घोषणा नै गरेका छन् भने आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् । यस्तै सत्तारुढ र प्रतिपक्षी दलमै एमसीसीसम्झौताको विपक्षमा रहको पंक्ति ठूलो छ । यही विरोध र विवादका बीच सरकारले एमसीसीलाई औपचारिकता दिने तयारी थालेको । कार्यव्यवस्था समितिको बैठकले कार्यसूची तय गरेको अवस्थामा बुधबार दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी पेश हुनेछ ।

लोकान्तर राउण्ड अपमा अब अन्य समाचारः
नेपाली कांग्रेसले प्रधानन्यायाधीशविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा दृढतापूर्वक उभिँदै त्यसलाई सदनबाट पारित गर्न सत्ता गठबन्धन र प्रतिपक्षमा रहेका सम्पूर्ण दलसमक्ष आग्रह गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकले न्यायालयलाई गति प्रदान गर्ने जिम्मेवारी संविधानतः सार्वभौम संसद्को भएकाले महाअभियोग प्रस्ताव पारित गर्न आग्रह गरेकोे हो । लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि हुने सबैखाले प्रहारलाई रोक्न र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिन कांग्रेसले नै निकासका लागि महाअभियोगको अग्रसरता लिएको जनाएको छ ।  
००००
एमसीसीसँगको सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए नेपाल र अमेरिकाको सम्बन्ध प्रभावित हुने चेतावनी अमेरिकाले दोर्होयाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले नै दिएको डेडलाइनमा एमसीसी अनुमोदन हुनुपर्ने बताएका हुन् ।
००००
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँगको सम्झौता अघि बढाउने विषयमा छलफल भएको छ ।
मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालबीच छलफल भएको थियो ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म ५६ हजार ९०८ मात्रा खोप खेर गएको उल्लेख छ ।
मन्त्री खतिवडालाई सोमवार समितिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएपछि मंगलवार मात्र सार्वजनिक गरिएको थियो ।
यता एमालेले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले अनुदानबाट प्राप्त र खरिद गरेका खोपमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप नगर्न आग्रह गरेको छ ।
सो सन्दर्भमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले हालै एक टेलिभिजनमा ‘खोपहरू नहराएको’ दाबी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले कोभिड विरुद्धको पहिलो खोप ५ हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्तिप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
००००
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्ने भएका छन् । उनी नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको हो । राप्रपाको आज बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाही ६ गते राप्रपामा समाहित हुनेछन् ।
००००
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकले पार्टी सम्पूर्ण सक्रियताका साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताए । यस्तै काँग्रेसले म्याद सकिएका भ्रातृ संगठनको कार्यसमिति भंग पनि गरेको छ ।
००००
पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९५ नमूना परीक्षणमध्ये ४९८ पीसीआर र १८२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९०२ छ । मन्त्रालयका अनुसार थप १८३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ ।
हाल मुलुकभर १९ हजार ४०० सक्रिय संक्रमित छन् ।
००००
सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले मगलबार एक सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई त्यस्तो निर्देशन दिएको हो ।
००००
उच्च अदालत सुर्खेतले कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा विरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश राजेन्द्र खरेलको इजलासले निवेदकको मागबमोजिम आदेश हुनुपर्ने वा होइन भन्ने विषयमा सूचना प्राप्त भएको मितिले १५ दिनभित्र कारण, आधार र प्रमाण पेश गर्न विपक्षीका नाउमा आदेश दिएको हो ।
००००
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पहिलोपटक संसदीय समितिको बैठकमा सहभागी भएका छन् । संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मंगलवार उनी सहभागी भएका हुन् ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अपशब्द बोलेर एक युवकलाई तथानाम गाली गरेको अडियो भाइरल बनेको छ । कुराकानी सुन्दा दुवैजना परिचित जस्तो लाग्छ । अडियोमा मन्त्री आलेले युवालाई अपशब्द बोलेर गाली गर्दै अपहरणको धम्की समेत दिएका छन् ।
००००
झर्रोवादी आन्दोलनका अगुवा तथा नियात्रा विधाका संस्थापक डा तारानाथ शर्माको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।

शर्माको जन्म १९९१ असार ९ गते इलामको बारेकोटमा भएको थियो । उनी नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखकसमेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्