२० असार २०८३, शनिबार

बन्दले कैलाली ठप्प, शंकास्पद वस्तु फेला

बन्दले कैलाली ठप्प, शंकास्पद वस्तु फेला

एमसीसीको विरोध गर्दै नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादी लगायतका ६ दलले आज आह्वान गरेको नेपाल बन्दको क्रममा कैलालीमा शंकास्पद वस्तु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित पूर्वपश्चिम राजमार्गको धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको छ । 

फेला परेको उक्त वस्तु बम भएको आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको  प्रहरीले जनाएको छ ।

यसैबीच आह्वान गरेको बन्दको प्रभाव कैलालीसहित सुदूरपश्चिमका मुख्य शहर क्षेत्रमा परेको छ । बिहानैदेखि यहाँका शैक्षिक संस्था, लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्