
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबल गर्न सरकारले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा प्रस्ताव गरेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री दीलेन्द्र बडूले एमसीसी टेबुल गर्न प्रस्ताव गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको बैठककमा मन्त्री बडूले एमसीसी अगाडि बढाउने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेको हो ।
बैठकमा नेपाली कांग्रेस र लोसपाले एमसीसी लामो समय अड्किएर बसेको भन्दै अगाडि बढाउन प्रस्ताव गरेका थिए ।
कांग्रेस सचेतक पुष्पा भुसाल र लोसपाका सचेतक उमाशंकर अरगरियाले एमसीसी अगाडि बढाउने सरकारको प्रस्तावमा समर्थन जनाएका थिए ।
माओवादी केन्द्रले भने सहमति नभएको भन्दै अगाडि बढाउन नहुने धारणा राखेको थियो ।
प्रतिनिधि सभाको बैठक केहीबेरमा बस्दैछ । अर्को बैठक ६ गतेका लागि राख्ने तय भएको छ ।