१० साउन २०८३, आइतबार

नेपाल बैंकको मोबाइल एपबाट भुक्तानी गर्दा यी युवकले पाए एक तोला सुन उपहार

नेपाल बैंकको मोबाइल एपबाट भुक्तानी गर्दा यी युवकले पाए एक तोला सुन उपहार

नेपाल बैंक लिमिटेडको वीरगन्ज स्थित आदर्शनगर शाखाका ग्राहक राजु कुमार केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम “क्यूआर को गुन, एक तोला सुन” अन्र्तगत एक तोला सुन उपहार प्राप्त गरेका छन् ।

बैंकको आदर्शनगर शाखामा गत बिहीवार आयोजित  उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले एक तोला सुन उपहार विजेता केसीलाई हस्तान्तरण गरेका थिए ।

सो हस्तान्तरण कार्यक्रममा बैंकका सिटी अफिस बीरगञ्ज शाखाका शाखा प्रबन्धक होमनाथ दाहाल, आदर्शनगर शाखाका शाखा प्रबन्धक रामबाबु कुमार लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा उपहार विजेता केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विभिन्न कारोबार गर्दा उपहार स्वरुप सुन पाउँदा आफुलाई धेरै खुशी लागेको तथा आफ्ना साथीभाई, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंकको मोबाइल एप प्रयोग गर्न सुझाब दिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्