०१ असार २०८३, सोमबार

विमानस्थलबाट सुनका गहनासहित ३ जना पक्राउ

विमानस्थलबाट सुनका गहनासहित ३ जना पक्राउ
प्रतिकात्मक तस्वीर

कतार एयरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आगमन भएका ३ यात्रुलाई प्रहरीले सुनका गहनासहित पक्राउ गरेको छ ।

यात्रुको गतिविधि शंकास्पद देखिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटबाट प्रहरीले इलामको चुलाचुलीका २६ वर्षीय अर्जुन राई, सुर्खेतको गुर्भाकोटका ३४ वर्षीय भुपेन्द्र विष्ट, सर्लाहीको धनकौलका २५ वर्षीय महेन्द्र ठाकुरलाई पक्राउ गरेको हो ।

राईको साथबाट ७० ग्रामको सुनको सिक्री, विष्टको साथबाट ७० ग्रामको सुनको सिक्री र ठाकुरको साथबाट ७५ ग्रामको सुनको ब्रासलेट बरामद गरिएको छ ।

पक्राउ परेका यात्रुलाई धादिङको गंगाजमुना गाउँपालिका–६ बसेरी बस्ने २७ वर्षीय गणेश मल्लले भन्सार छली गर्न लगाएको आरोपपछि सोधपुछ गर्दा स्वीकारेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्