०८ असार २०८३, सोमबार

अब के गर्छ कांग्रेस ?

फागुन ५, २०७८
अब के गर्छ कांग्रेस ?

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत गठबन्धनका नेताहरूबीच हुने छलफलबाट एमसीसी संसदमा टेबुल गर्न सहमति जुट्ने बताउँछन् ।

एमसीसीका प्रक्रियामा सबै दल र नेताहरू सम्मिलित भइसकेकाले संसद्मा टेबल गर्ने र अनुमोदन गर्नबाट पछि हट्न नमिल्ने प्रवक्ता डा. महतको भनाइ छ।

'जो विरोध गर्दै छन् उनीहरू नै एमसीसी प्रक्रियामा संलग्न छन्,' डा. महत भन्छन्, 'केपी ओलीजीको सरकारले संसद्बाट पास गराउने भनेको हो। हिजो एउटा कुरा, आज अर्को कुरा गरेर बोली फेरेको राम्रो होइन। त्यसको जनताले मूल्यांकन गर्छन्।'

अर्का नेता साउद एमसीसी विवादले गठबन्धन फुट्ने खतरा नरहेको बताउँछन्। भन्छन्, 'आफ्नो पार्टीको स्वतन्त्रता र सहयोग कायम राखेर एमसीसीको विषयमा गठबन्धनका दलहरू अघि बढ्छन्।' कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले एमसीसी टेबल गरी पास गराउने भनिसकेकाले कांग्रेस पछि नहट्ने साउदको भनाइ छ।

'एमसीसी यहाँसम्मको प्रक्रियामा ल्याउन कांग्रेसभन्दा पनि कम्युनिष्टकै सरकारले बढी भूमिका खेलेका छन् । त्यो कुरा पनि गठबन्धनका दलहरूले बुझ्नुपर्छ', उनी भन्छन्, 'प्रधानमन्त्रीजी पनि आजको छलफलले एमसीसीका विषयमा एउटा गति लिने विषयमा आश्वस्त हुनुहुन्छ।' अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्