२१ असार २०८३, आइतबार

युक्रेनको राजधानीबाट भागे सीआईएका अधिकारीहरू

फागुन ५, २०७८
युक्रेनको राजधानीबाट भागे सीआईएका अधिकारीहरू

अमेरिकाका अधिकारीहरूले गुप्तचर निकाय सीआईएका अधिकृतहरूलाई युक्रेनको राजधानी किएभबाट बाहिर लगेका छन् । रुसले आक्रमण गर्न लागेको भन्दै अधिकृतहरूलाई अन्यत्रै सारिएको हो । 

द न्युयोर्क टाइम्समा प्रकाशित खबरअनुसार, सीआईएका अधिकारीहरूलाई युक्रेनको पश्चिममा रहेको लभिभमा राखिनेछ । 

सुरक्षा कारणले यो निर्णय लिइएको न्युयोर्क टाइम्सले लेखेको छ । तर यसले अमेरिकालाई युक्रेनमा रुसको गतिविधि जान्न गाह्रो पर्न सक्छ । अनि सूचना संकलनमा पनि यसले बाधा गर्छ । 

केही दिनयता युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको सरकार गिराउनका लागि रुसले षड्यन्त्र गरिरहेको भन्दै अमेरिकी अधिकारीहरूले त्यसको खुलासा गर्दै आएका छन् ।

सोमवार अमेरिकाले आफ्ना कूटनीतिकर्मीहरूलाई पनि लभिभ सार्ने घोषणा गरेको थियो । किएभमा निकै सानो संख्यामा मात्र कर्मचारीहरू रहनेछन् । 

यस विषयमा सोधिएको प्रश्नमा नेड प्राइसले यकिन संख्या खुलाउन चाहेनन् । 

सोमवारै अमेरिकाको परराष्ट्र मन्त्रालयले अमेरिकी नागरिकलाई बेलारुस र ट्रान्सनिस्ट्रिया (मोल्दोभाबाट छुट्टिन चाहेको क्षेत्र) बाट हट्न सिफारिश गरेको छ । युक्रेनबाट अमेरिकी नागरिकलाई यसअघि नै हट्न भनिसकिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्