
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ छलफलमा जुटेका छन् ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरू छलफल गरिरहेका छन् ।
साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठकमा सहभागी हुन जानुअघि उनीहरू छलफलमा जुटेका हुन् ।
गठबन्धनको बैठकमा एमसीसीबारे छलफल हुने बताइएको छ ।