३० असार २०८३, मंगलबार

निर्वाचन आयोगले सम्पन्न गर्‍यो चुनावसँग सम्बन्धित १० काम

निर्वाचन आयोगले सम्पन्न गर्‍यो चुनावसँग सम्बन्धित १० काम

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी तीव्रताका साथ अघि बढाएको छ  । 

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि आयोगले जनशक्ति परिचालन, मतपत्र छाप्न आवश्यक कागज पत्रको स्पेसिफिकेसन स्वीकृत गरेर टेन्डर आह्वान गर्ने काम निर्वाचन आयोगले गरेको छ ।

आयोगले फागुन १५ गतेभित्र निर्वाचन प्रयोजनको लागि दल दर्ता गरिसक्नुपर्ने बताएको छ । निर्वाचन आयोगले फागुन १ गतेयता निर्वाचन तयारीसँग सम्बन्धित १० वटा काम गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।​

निर्वाचनसँग सम्बन्धित भएर आयोगले सम्पन्न गरेका काम यस्ता छन् –

१.     नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन वटा राजनीतिक दल दर्ता गरिएको छ ।  यसपछि आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०६ पुगेको छ । 
२.    निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि आयोगले जनशक्ति (व्यवस्थापन) निर्देशिका,२०७८ स्वीकृत गरेको छ । उक्त निर्देशिकामा सम्बन्धित पालिका स्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको  छ । 
३.    मतपत्र छपाइका लागि आवश्यक  पर्ने कागज ९ एबउभच ायच तजभ द्यबिियत एबउभच० को स्पेसिफिकेशन र लागत अनुमान स्वीकृत गरी इ–विडिङको माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाइएको छ । साथै मतदानकेन्द्रमा प्रयोग हुने बिभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरुको स्पेसिफिकेशन आयोगबाट स्वीकृत भएको छ । 
४. जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्यायपरिषदसँग परामर्श गरी तथा न्याय सेवाका राजपत्रांकित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्याय सेवा आयोगसँग परामर्श गरी मिति २०७८।११।१५ सम्ममा आयोगमा नामावली उपलब्ध गराउन नेपाल सरकार, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरिएको छ । 
५. कानूनमा भएको व्यवस्था बमोजिम निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्राकिंत द्वितीय श्रेणीका अधिकृतहरुको नामावली पनि मिति २०७८।११।१५ गतेसम्म उपलब्ध गराई दिन नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरिएको छ । 
६.    स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यविधि संचालन गर्न आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि,२०७८ तयार गरी सहमतिको लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाएको छ । 

७.    निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था अनुसार यही फागुन १५ गतेभित्र निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आफ्नो दल दर्ता गर्नका लागि मिति २०७८।११।०५ मा सूचना जारी भएको छ । 
 ८.    निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि आयोगले उत्पादन गर्ने निर्वाचन गीति सन्देश, संवादमूलक सन्देश, लघु कथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम संचालन गर्न सूचना प्रकाशन भएको छ । निर्वाचनमा प्रचार हुने यस्ता सामग्रीहरुको तयारीमा सहभागिता जनाई निर्वाचनको काममा सहयोग गरिदिनुहुन आयोग सम्पूर्ण सृजनाकार एवम् श्रष्ठाहरुमा हार्दिक अनुरोध गर्दछ । उत्कृष्ट रचनाहरुलाई नगद पुरस्कार एवम् प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ । 
९.    अर्थ मन्त्रालयसँगको सहकार्यमा आगामी स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायताको प्राप्तिका सम्बन्धमा छलफल गर्न मिति २०७८।११।०४ गते विकास साझेदार समन्वय बैठक सम्पन्न गरियो । बैठकमा नेपालस्थित विभिन्न २० वटा कुटनीतिक नियोगहरु एवं विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति थियो । आयोगद्वारा पहिचान गरिएका मतदाता शिक्षा, सूचना प्रविधि, भौतिक सामग्री तथा विज्ञ परामर्श सेवा लगायतका सम्भावित सहायताका क्षेत्रहरुको बारेमा जानकारी गराइएको थियो । त्यस क्रममा केही विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले उक्त सहायताका क्षेत्रमा आयोगसँग सहकार्य गर्न तयार रहेको जानकारी गराएका थिए ।
१०.    सम्वत् २०७३ सालबाट मनाउन सुरु गरिएको निर्वाचन दिवस आयोगले यो पटक यही फागुन ६, ७ र ८ गते “निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने नाराका साथ छैठौं निर्वाचन दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउन लागिरहेको छ । छैठौं निर्वाचन दिवस, २०७८ का सन्दर्भमा आयोगले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी भई निर्वाचन दिवसलाई भव्य रुपमा सम्पन्न गरिदिन आयोग सम्बन्धित सबै सरोकारवालाहरुसँग हार्दिक अनुरोध गर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्