०३ असार २०८३, बुधबार

त्रिविमा राजनीतिकरणको पराकाष्ठा

फागुन ६, २०७८
त्रिविमा राजनीतिकरणको पराकाष्ठा

त्रिभुवन विश्वविद्यालयको इतिहास गौरवपूर्ण छ। तर, वर्तमान निराशाजनक। देशकै जेठो ६२ वर्ष पुरानो यो शैक्षिक धरोहर राजनीतीकरणले भद्रगोल बनेको छ।

जहाँ पठनपाठन कम हुन्छ। ज्यादा हुन्छ राजनीति। राजनीतिक आग्रह / पूर्वाग्रहका कारण पदाधिकारीका कार्यालयमा तालाबन्दी छ।

एक वर्षमा २ सय दिन त तालाबन्दीमै बितेको छ। त्यो पनि तालामाथि ताला लगाएका छन्।

प्राज्ञिक थलो राजनीतिक स्वार्थ पूरा गर्ने अखडा त बनेको छ नै, स्वार्थ समूहको क्रिडा स्थल पनि बनेको छ।

उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र डिनका कार्यालय एक महिनादेखि खुलेका छैनन्। जहाँ ढोकामा असन्तुष्ट समूहले तालामाथि ताला झुन्ड्याएका छन्।

विद्यार्थीदेखि प्राध्यापक संघसंगठनले ताला लगाउन होडबाजी गरेका छन्।

नेपाल प्रगतिशील प्राध्यापक संगठन कीर्तिपुरले बिहीबार तालाको विकृतिविरुद्ध मौन प्रदर्शन गयो। प्रदर्शनकारीले बोकेका प्लेकार्डमा लेखिएको थियो, 'अब अति भयो बन्द सधैंका लागि बन्द गरौं।'

यो वर्ष सबैभन्दा बढी तालाबन्दी भएको बताउँछन् त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक खड्ग केसी।

३६५ दिनमा यस वर्ष विश्वविद्यालयमा २ सय दिन तालाबन्दी भइसक्यो।

विभिन्न समूहले आफ्नो अभिष्ट पूरा गराउन तालाबन्दीको विकृत संस्कृति निर्माण गरेको छ', केसी भन्छन्, 'नेपालमा लोकतन्त्रसँगै गणतन्त्र आइसक्यो। देशमा राजनीतिक मुद्दाहरू पूरा भयो। अब गुणतस्तरीय शिक्षा, ज्ञान र प्रविधिका कुरा उठाउनुपर्ने ठाउँमा हाम्रो विद्यार्थी र प्राध्यापकहरू पुरानै रवैया देखाउनु दुःखद हो।'

आफ्ना माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने उनी बताउँछन्। अन्नपूर्ण पोस्टमा राजकरण महतोले खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्