
जुम्लाका सबै स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुने भएको छ ।
हालसम्म चारवटा स्थानीय तह चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासीमा कार्यान्वयनमा आएको यो कार्यक्रम अब बाँकी स्थानीय तह सिञ्जाका हिमा, सिञ्जा, कनकासुन्दरी र तिलामा विस्तार हुने भएको हो ।
स्याउ सुपरजोन कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गङ्गा पोख्रेलका अनुसार धेरै वर्षको प्रयासपछि अब जिल्लाका सबै पालिकामा स्याउ सुपरजोन कार्यक्रम लागू गर्न सफल भएको हो । गोरखापत्र दैनिकमा खबर छ ।