२२ जेठ २०८३, शुक्रबार

मुङ्ग्रोले हानेर सासूको हत्या गरेपछि...

मुङ्ग्रोले हानेर सासूको हत्या गरेपछि...

दाङमा बुहारीले सासूको टाउकोमा मुङ्ग्रोले हानेर हत्या गरेकी छन् । 

घरायसी विवादमा फागुन ४ गते घोराही उपमहानरपालिका–१९, खानिगाउँकी वसन्ती घर्तीले सासू ५५ वर्षीया इन्द्रकुमारी घर्तीको टाउकोमा मुङ्ग्रो प्रहार गरेको दाङ प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार मुङ्ग्रोले टाउकोमा हिर्काउँदा अचेत भएपछि छिमेकी २२ वर्षीय दुर्गा घर्तीको सहयोगमा वसन्तीले सासूलाई नजिकैको खोल्सामा फालेको बयान दिएकी छन् । दुवैलाई पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए । 

प्रहरीले इन्द्रकुमारीको शव फागुन ५ गते बिहान खोल्सामा रक्ताम्मे अवस्थामा फेला पारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्