
काठमाडौं – हास्यव्यङ्ग्य कलाकार दीपकराज गिरीले फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्धी शेरबहादुर देउवाको समर्थन गरेका छन् । उनले फेसबुकमा एक व्यङ्ग्य जोक पोष्ट गर्दै प्रमको समर्थन गरेका हुन् ।
हिजो एक कार्यक्रममा रुखो भाषामा अन्तर्वार्ता दिएको भनेर सामाजिक सञ्जालमा विरोध भइरहेका बेला दीपकराज गिरीले त्यसप्रति व्यङ्ग्य गरेका छन् । उनको स्टाटसबाट के पनि बुझिन्छ भने नेपाली समाज चिल्ला कुराको पछि लागेको र सिधा भाषामा बोल्ने व्यक्तिलाई समाजले खेदेको भावप्रति पनि व्यङ्ग्य गरेका छन् ।
हिजो आइतवार कार्यक्रम साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अन्र्तवार्तालाई लिएर अहिले पनि सामाजिक सञ्जालमा विभिन्न अभिव्यक्ति आइरहेका छन् ।