१० साउन २०८३, आइतबार

अर्किड कप अन्तरविद्यालय नकआउट फूटबल प्रतियोगिताको तयारी पूरा

अर्किड कप अन्तरविद्यालय नकआउट फूटबल प्रतियोगिताको तयारी पूरा

अर्किड स्कूलको आयोजनामा हुने छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फूटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

फागुन १३ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको अर्किडका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सेभेन ए साइड फर्मेटमा हुने प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने अर्किडका अत्तिरिक्त कृयाकलाप शिक्षक सरोज तामाङले बताए । शीर्ष ४ स्थानमा रहने टीमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

पत्रकार सम्मेलनमा प्रिन्सिपल कार्कीले संस्थागत विद्यालयबीच भाइचाराको सम्बन्ध अझ अभिवृद्धि गर्दै लैजानुका साथै विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको थालनी गरेको बताए ।

अर्किडका संयोजक नरेन्द्रप्रसाद पाण्डेयले जुनियर स्तरबाटै भविष्यका खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा अर्किडले जुनियर प्रतियोगितामा विशेष जोड दिँदै आएको धारणा व्यक्त गरे ।

अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले कोरोना भाइरसका कारण अधिकांश समय मोबाइलमा व्यस्त रहने विद्यार्थीलाई चलायमान बनाउन र उनीहरुको मनोबल माथि उकास्न प्रतियोगिता महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

प्रतियोगिताका खेलहरू काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । फाइनल फागुन २० गते हुने छ । पाँचौं संस्करणको उपाधि केभीएसले जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्