२२ जेठ २०८३, शुक्रबार

करेन्ट लागेर १ युवकको मृत्यु

करेन्ट लागेर १ युवकको मृत्यु
प्रतिकात्मक तस्वीर

तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा करेन्ट लागेर सोमवार १ युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–५ बस्ने २४ वर्षीय सोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

रिमाल्नीस्थित पृथ्वी राजमार्गमा ट्रकमा डोजर लोड गर्दै गर्दा विद्युत्को तारमा छोइँदा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्