१० साउन २०८३, आइतबार

पुस २७ देखि बृहत् शैक्षिक मेला

कात्तिक २०, २०७४
पुस २७ देखि बृहत् शैक्षिक मेला


पोखरा, १८ पुस - नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घ(इक्यान) कास्कीद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीलाई कलेज तथा विश्वविद्यालयका साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सहुलियत, सुविधा एव्म गुणस्तरीय शिक्षा आर्जनका लागि निःशुल्क परामर्श सेवा प्रदान गरिने संयोजक रमेशकुमार थापाले बताए ।

उनका अनुसार पोखरामा सञ्चालित यो चौथो मेलामा स्वदेशी शैक्षिक संस्थाका साथै अमेरिका, बेलायत, न्यूजिल्यान्डलगायतका देशका क्याम्पस तथा विश्वविद्यालयका आधिकारी प्रतिनिधिको सहभागिता रहने छ ।

मेलामा विभिन्न शैक्षिक परामर्शदात्री संस्थाका ५० वटाभन्दा बढी कक्ष सञ्चालन हुने र उक्त कक्षबाट विभिन्न कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया, विदेश अध्ययनका लागि भिसा नीति एवम् अवसर र चुनौतीसम्बन्धी सल्लाह प्रदान गरिने थापाले बताए ।

पोखरा सभागृहमा यही पुस २७ देखि सञ्चालन हुने तीनदिने मेलाबाट लगभग ३० हजार विद्यार्थी लाभान्वित हुने र मेला सञ्चालनमा करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्