२१ असार २०८३, आइतबार

एकैदिन ८ लाखले लगाए कोरोना विरुद्धको खोप

फागुन १०, २०७८
एकैदिन ८ लाखले लगाए कोरोना विरुद्धको खोप

नेपालमा एकै दिन आठ लाख ७३ हजार ४३८ मात्रा खोप लगाइएको  छ ।  

स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  लक्षित समूहअनुसार  १८  वर्षभन्दा  माथिका  ८१  प्रतिशतले  पूर्ण  मात्रा  खोप लगाइसकेका  छन्  भने  पहिलो  मात्रा  लगाउने  ९०  दशमलव  ८  प्रतिशत पुगेको छ ।

हालसम्म १८ वर्षमाथिका एक करोड ८० लाख ८५ हजार ५३९ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

यस्तै, १८ वर्षमाथि पूर्ण मात्रा  खोप  लगाउनेको  सङ्ख्या  एक  करोड  ६१  लख  ३७  हजार  ९३० जनाले  पूर्ण  मात्रा  लगाएका  छन् ।

 यसैगरी,  मन्त्रालयका  अनुसार  १८ वर्षमुनिका बालबालिकामा ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । पहिलो मात्रा लगाउने ८८ प्रतिशत पुगेका छन् । हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप नेपालमा आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्