२१ असार २०८३, आइतबार

कार्यालय नआउने १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी

फागुन १०, २०७८
कार्यालय नआउने १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ ।

केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका उनीहरूलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । 

सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलवार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की,  आशाराम महतो, बुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक, अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्