
नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग ३ वर्षभित्र सम्पन्न गर्ने जनाएको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै सेनाले २०८१ को पुसमा सम्पन्न गरिसक्ने जनाएको हो ।
निर्माण आयोजनाको काम कारवाहीलाई पूर्ण पारदर्शी र गुणस्तरीय तुल्याउँदै तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता प्रदान गरिएको सेनाले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले २०६६ सालमा द्रुतमार्ग शिलान्यास गरिएको थियो । ५ वर्षभित्र सम्पन्न गर्ने गरी शिलान्यास भए पनि १२ वर्षसम्म पनि काम सम्पन्न भएको छैन ।
काठमाडौंदेखि बाराको निजगढ जोड्ने ७६ किलोमिटर लामो द्रुतमार्ग निर्माणको काम सेनाले पाएको छ । द्रुतमार्गको २ खर्ब १३ अर्ब लागत अनुमान गरिएको छ ।