२० असार २०८३, शनिबार

विश्वकप खेल्ने नेपालको सपना चकनाचुर

फागुन ११, २०७८
विश्वकप खेल्ने नेपालको सपना चकनाचुर

आईसीसी  ग्लोबल  टी–२० विश्वकप  छनोटको  अन्तिम  बाधा  पार  गर्न  नसक्दा नेपाल  मङ्गलबार  अस्ट्रेलियामा  हुने  विश्वकप  टी–२० २०२२ खेल्ने अवसरबाट वञ्चित भएको छ ।

सन्  २०१४  मा  बङ्गलादेशमा  भएको  आईसीसी विश्वकप   टी–२०   क्रिकेट   प्रतियोगिता   खेलेपछि नेपाल  दोस्रो  पटक  विश्वकप  खेल्ने  सँघारमा  थियो  तर ओमानको अल इमिरात मैदानमा भएको सेमिफाइनलमा नेपाल मङ्गलबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग ६८ रनले स्तब्ध भयो ।

यस   प्रतियोगितामा   नेपालले   समूह   चरणका तीनवटै  खेल  जितेर  प्रभावित  पारेको  थियो ।

समूह चरणमा  नेपाल  मात्र  अपराजित  टिम  थियो ।  

त्यसैले नेपाललाई अन्तिम चारमा यूएईलाई हराएर विश्वकपमा स्थान  बनाउने  आशा  थियो  तर  नेपाल  अपेक्षामा  खरो उत्रन  सकेन ।  

सेमिफाइनलमा  क्रिकेटका  तीनवटै  पक्ष ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गरेपछि नेपाललाई यूएईले सजिलै हरायो ।

चालू  प्रतियोगिताबाट  सेमिफाइनल  जित्ने  दुई टिम  विश्वकप  टी–२०  क्रिकेटमा  चयन  हुने  प्रावधान रहेको  छ ।  यूएईसँगै  आयरल्यान्ड  पनि  सो  गौरव हासिल गर्न सफल भएको छ ।

अर्को सेमिफाइनलमा आयरल्यान्डले  घरेलु  टिम  ओमानलाई  ५६  रनले हराएको थियो ।

यूएईले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १७५ रनको विशाल योगफल तयार पार्‍यो । यसअघिका तीन  खेलमा  नेपालले  विपक्षीलाई  एक  सय  रन  पनि बनाउन  दिएको  थिएन ।  नेपालविरुद्ध  क्यानाडा  ८०, ओमान  ७८  र  फिलिपिन्स  ८२  रनमा  सीमित  भएको थियो  तर  नेपाली  बलिङले  महत्वपूर्ण  खेलमा  आफ्नो गजबको  लय  गुमायो ।

नेपालले बिहीबार तेस्रो स्थानका लागि ओमानविरुद्ध खेल्नेछ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्